पिपुल्स इन्भेष्टमेन्टको ३० प्रतिशत हकप्रद शेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन « Arthapath.com
१२ असार २०८३, शुक्रबार

पिपुल्स इन्भेष्टमेन्टको ३० प्रतिशत हकप्रद शेयर बिक्रीमा, यसरी दिनुहोस् आवेदन



काठमाडौं । पिपुल्स इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बिक्री खुला गरेको छ । कम्पनीले आज अर्थित कात्तिक १५ गतेदेखि ३० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो ।

कम्पनीले कात्तिक १४ गतेसम्म कायम साविक संस्थापक शेयरधनीहरूका लागि १० शेयर बराबर नयाँ तीन शेयरको अनुपातमा हकप्रद शेयर विक्री खुला गरेको हो । प्रतिकित्ता १०० अंकित दरका ४ लाख ७५ हजार ८७५ कित्ता हकप्रद निष्कासा गरेको हो । उक्त हकप्रद शेयरमा मंसिर २० गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

हकप्रद शेयर खरिद गर्ने चाहने इच्छुक ब्यक्तिले एनआईसी एशिया बैंकमा रहेको खाता न. ५४४१०३३३०२५२४००२ र लुम्बिनी विकास बैंकमा रहेको खाता न. ०३१००१२००१२११८०००००१ मा हकप्रद वापतको रकम जम्मा गरे पश्चात मात्र आवेदन दिन सकिनेछ । हकप्रद शेयर खरीदका लागि कम्पनीको कार्यालय ट्रेड टावर थापाथली, काठमाडौंबाट आवेदन फारम प्राप्त गर्न र बुझाउन सकिने व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्