नेप्सेमा २ म्युचुअल फण्डको मूल्य समायोजन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेप्सेमा २ म्युचुअल फण्डको मूल्य समायोजन



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ फरक फरक म्युचुअल फण्डको मूल्य समायोजन भएको छ । नेप्सेले सोमबार एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईसी एशिया ग्रोथ फण्ड र एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य समायोजन भएको हो ।

एनआईसी एशिया ग्रोथ फण्डको १३ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ९ रूपैयाँ २५ पैसा हुने गरी मूल्य समायोजन गरेको छ । त्यस्तै, एनआईसी एशिया ब्यालेन्स फण्डको १३ प्रतिशत नगद लाभांशपछि नेप्सेले प्रतिइकाई ८ रूपैयाँ ७८ पैसा हुने गरी मूल्य समायोजन गरेको छ

नेप्सेले सोमबारको अन्तिम कारोबारमा एनआईसी एशिया ग्रोथ फण्डको मूल्य १० रूपैयाँ ५५ पैसा र एनआईसी एशिया ब्यालेन्स फण्डको मूल्य १० रूपैयाँ ८ पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

Tags :

प्रतिक्रिया दिनुहोस्