इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजारले १० कित्ता पाउँदा २ हजारको आवेदन रद्द « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

इस्टर्न हाइड्रोपावरको आइपीओ बाँडफाँट, ६२ हजारले १० कित्ता पाउँदा २ हजारको आवेदन रद्द



काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्रि प्रबन्धक एनएमबि क्यापिटलमा कम्पनीको आइपीओ आज बिहान बाँडफाँट गरेको हो ।

कम्पनीले असोज २८ गतेदेखि सर्वसाधारणलाई आईपिओ बिकी खुला गरेको थियो । कम्पनीले स्थानीयलाई बिक्रि गर्दा बिक्रि नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता शेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको थियो । कर्मचारीलाई छुट्याईएको मध्ये १८ सय १ कित्ताको लागि आवेदन परेन । कम्पनी उक्त कित्ता समेत सर्बसाधारणलाई निष्कासन गर्दा सर्बसाधारणलाई कुल ६ लाख २५ हजार १ सय ९० कित्ता शेयर निष्काशन भएको हो ।

आईपिओमा कुल १३ लाख ५८ हजार २ सय २० जना आवेदकले आवेदन दिएकोमा १९ सय ९६ जनाको आवेदन रद्द भएको छ । साथै, १३ लाख ५६ हजार २ सय २४ जना आवेदकलाई गोलाप्रथामा बाँडफाँड गर्दा ६२ हजार ५ सय १९ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्