नेष्डो समृद्ध लघुवित्तसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेष्डो समृद्ध लघुवित्तसहित यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । साताको पहिलो दिन शेयर बजारमा हरियाली छाएको छ । गत साता घटेर बन्द भएको शेयर बजारमा आज आएर फेरी उचालिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.१४ अकंले घटेर १९२२.१६ बिन्दुमा बन्द भएको थियो ।

आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन पूँजी बजारमा नेप्सेमा सूचीकृत २२० कम्पनीको २७ लाख ६७ हजार ५३९ कित्ता शेयर किनबेच हुदाँ ८९ करोड ८९ लाख ७ हजार ८२९ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्से आकाशिएसँगै नेष्डो समृद्ध लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पपनीको आज १० अर्ब १४ करोड ९६ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, एभरेष्ट बैंकको ७ करोड ९ लाख १ हजार रुपैयाँ, हिमाल दोलाखा हाइड्रोपावरको ६ करोड ७५ लाख ४८ हजार र जाल्पा सामुदायिक लघुवित्तको ५ करोड ६६ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्