२ अर्बको कारोबार भएको शेयर बजार यी कम्पनीको भयो सर्वाधिक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

२ अर्बको कारोबार भएको शेयर बजार यी कम्पनीको भयो सर्वाधिक



काठमाडौं । साताको दोस्रो दिन आएर फेरी शेयर बजार ओरालो लागेको छ । साताको पहिलो दिन आकाशिएको शेयर बजार फेरी आज आएर ओरालो लागेको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.४३ अकंले घटेर १९५८.९४ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४३.२० अकंले बढेर १९६५.३६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ४९ लाख ४४ हजार ७६ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब १० करोड ९१ लाख ६३ हजार ३८३ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३९ लाख १३ हजार ५७३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५४ करोड ८० लाख ३२ हजार ५६१ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से सामान्य घटेपनि जाल्पा सामुदायिक लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, शिवम सिमेन्टको ११ करोड ३९ लाख ५० हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको १० करोड ६२ लाख ३९ हजार रुपैयाँ र रिडी पावरको ९ करोड ६० लाख ४ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्