लगानीकर्ता नाफा बुक गर्न झुम्मिदा नेप्से सामान्य अकंले घट्यो, २ अर्ब माथि लम्कियो कारोबार
काठमाडौं । चाडबाड बिदापछि लगातार बढिरहेको सेयर बजारमा बिहीबार ब्रेक लागेको थियो भने फेरी आज (कात्तिक २१ गते) ब्रेक लागेको छ । आइतबार ४३ अकंले बढेको नेप्से परिसूचक बिहीबार भने सामान्य अकंले घटेको छ ।
सामान्य नाफा बुक गरेर बजारबाट उम्किन खोज्ने लगानीकर्ताको वृद्धि हुँदा बढिरहेको शेयर बजार ब्रेक लागेको देखिन्छ । सेयर बजारप्रति लगानीकर्ताको मनोविज्ञान सकारात्मक बन्न नसक्दा नेप्सेमा सामान्य गिरावट आएको हो ।
अल्पकालीन कारोबारीले नाफा बुक गर्दा सूचक सामान्य दबाबमा परे पनि समग्रमा बजारमा माथितिरकै यात्रा तय गर्न खोजेको जानकारहरु बताउछन् । नेप्से सूचक प्रभावित हुँदा कारोबार रकम भने आज बढेको देखिन्छ । आज कारोबार रकम धेरै दिन पछि २ अर्ब माथि उक्लिएको हो ।
बैंक तथा वित्तीय संस्थाको पहिलो त्रैमासको वित्तीय विवरण, चुनावी माहोल र लाभांशको सिजन भएकाले शेयर बजार अब सहि दिसा तिर लम्किने आंकलन गरीएको छ । नजिकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा औपचारिक र अनौपचारिक दुवै माध्यमबाट रुपैयाँ बजारमा आउने र पैसाको आपूर्ति बढ्ने भएपछि यसले सेयर बजारमा पनि सकारात्मक प्रभाव विज्ञहरु बताउछन् ।
नेप्से सामान्य अकंले घटेपनि ५ उपसूचकमा भने हरियाली छाएको छ । आज ब्यापार समूहको ०.१७ प्रतिशत, अन्य समूहको ०.०६ प्रतिशत, जीवन बीमा समूहको ०.५१ प्रतिशत, म्युचुअल फण्ड समूहको १.०६ प्रतिशत र इन्भेष्टमेन्ट समूहको ०.०१ प्रतिशतले शेयरमूल्य बढेको हो ।
नेप्से सामान्य अकंले ओरालो लाग्दा धौलागिरी लघुवित्तका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ८.१३ प्रतिशतले बढेको हो ।
ग्लोबल आइएमई लघुवित्तका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ५.७० प्रतिशतले घटेको हो ।
नेप्से सामान्य घटेपनि जाल्पा सामुदायिक लघुवित्तको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १५ करोड १६ लाख १३ हजार रुपैयाँको कारोबार भएको हो ।


















