मंगलबार यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मंगलबार यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । शेयर बजार आज झिनो अकंले ओरालो लागेकोछ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको छ ।

आज लाइफ इन्स्योरेन्स कर्पोरेसनका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४.२२ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्