कालिका लघुवित्तसहित यी १० कम्पनीका लगानीकर्ता सर्वाधिक गुमाए
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १९५६.३६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको २७ लाख ७३ हजार ७३७ कित्ता शेयर किनेबच हुदाँ १ अर्ब ५ करोड ३१ लाख ३७ हजार ४६६ रुपैयाँको कारोबार भएको छ ।
नेप्से झिनो अकंले घट्दा कालिका लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएकाछन् । कम्पनीको शेयर ५.७७ प्रतिशतले घटेको हो ।
त्यस्तै, मन्दीकिनी हाइड्रोपावरको ४.४८ प्रतिशत, मनकामना स्मार्ट लघुवित्तको ४.०९ प्रतिशत र सिटिजन म्युचुअल फण्ड १ को ३.९५ प्रतिशतले शेयर घटेको हो ।



















