बुधबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साताको चौथो दिन आएर शेयर बजारमा पहिरो गएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको छ ।
बुधबार उपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ७.४२ प्रतिशतले बढेको हो ।
साथै, नबिल ब्यालेचड फण्ड ३ को ४.३९ प्रतिशत, एनसिसि डिबेञ्चरको ३.३९ प्रतिशत र मेगा म्युचुअल फण्डको ल२.२२ प्रतिशतले शेयर घटेको हो ।



















