मर्जर प्रयोजनका लागि रोक्का रहेका कम्पनीहरुको शेयर कारोबार आइतबारदेखि खुल्ला
काठमाडौं । आगामि साता अर्थात कात्तिक २७ गतेबाट मर्जर र प्राप्ति प्रयोजनका लागि रोक्का रहेका सबै संगठित संस्थाहरुको सेयर कारोबार फुकुवा हुने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै बैंक रोक्का कम्पनीको कारोबार खुल्ने छ । स्वीकृत निर्देशिका बिहीबारबाट लागू भएको हो। निर्देशिका लागु भएसँगै अब मर्जरका लागि कुनैपनि कम्पनीको सेयर कारोबार अधिकतम १५ दिनभन्दा बढी रोक्का हुने छैन।
निर्देशिका अनुसार एकीकृत व्यवसायीक कारोबार गरेको मितिले गाभ्ने÷गाभिने तथा प्राप्तिको हकमा संस्थाको सेयर मिलान, धितोपत्र पान दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि बढीमा १५ कार्य दिनसम्म सेयर कारोबार रोक्काका लागि कुनैपनि कम्पनीले धितोपत्र बजारमा निवेदन दिनु पर्छ। निवेदनका आधारमा धितोपत्र बजार तथा केन्द्रीय निक्षेप सेवा प्रदायक संस्थाले संगठित संस्थाको आधारभूत सेयरधनीबाहेकको सेयर कारोबार तत्काल खोल्ने व्यवस्था गर्नुपर्नेछ।
त्यस्तै निर्देशिकाले बढीमा ६ महिनाभित्रमा मर्जर प्रक्रिया सक्नुपर्ने व्यवस्था निर्देशकामा गरिएको छ।


















