अझै आएन शेयर बजार सुधार, यी कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । शेयर बजारमा अझै सुधार आउन सकेको छैन । यो साताको पहिलो कारोबारको दिन छलाङ आएको शेयर बजारमा त्यस यता निरन्तर ओरालो लाग्ने क्रमले निरन्तता पाएको हो । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आजदेखि लागू हुने गरी जारी गरेको ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने÷गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९’ जारी गरेसँगै बैंक रोक्का कम्पनीको कारोबार खुल्ने छ त्यसले गर्दा पनि शेयर बजारमा आज असर गरेको आंकलन गरीएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको थियो ।
आज शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड २२ लाख ३५ हजार रुपैयाँको कारोबार भएको हो ।
साथै, नेपाल रिइन्स्योरेन्सको ३ करोड ५८ लाख २६ हजार रुपैयाँ, यूनाइटेड मोदी हाइड हाइड्रोपावरको ३ करोड ३४ लाख ६६ हजार रुपैयाँ र हिमालयन डिस्टलरीको ३ करोड ३३ लाख ८९ हजार रुपैयाँको कारोबरा भएको हो ।



















