लाभांश सिजनमा पनि छैन शेयर बजार चमक, परिसूचक १९०० तल खस्किदा कारोबार १ अर्बमा सिमित « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लाभांश सिजनमा पनि छैन शेयर बजार चमक, परिसूचक १९०० तल खस्किदा कारोबार १ अर्बमा सिमित



काठमाडौं । साताको अन्तिम कारोबारको दिनसम्म आइपुग्दा समेत शेयर बजारमा सुधार आउन सकेको छैन । साताको दोस्रो र तेस्रो कारोबारको दिन झिनो गिरावट आएको शेयर बजारमा चौथो र पाँचौ कारोबारको दिन भने भारी गिरावट आएको छ ।

मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला हुने भएपछि सप्लाई बढ्न सक्ने आकंलन सगै लगानीकर्ताले धमाधम आफ्नो शेयर बेच्न थालेका छन् । नेपाल धितोपत्र बोर्डले अब १५ दिनमात्र सेयर कारोबार रोक्का हुने व्यवस्था गरेको छ । निर्देशिका अनुसार उक्त रोक्का १५ दिनसम्म गर्नु भएको हुदाँ लगानीकर्ता डराउनु पर्न अवस्था नरहेको जानकारहरु बताउछन् ।
अहिले देशभर चुनावी माहोल चलिरहेको छ । चुनावमा औपचारिक र अनौपचारिक माध्यमबाट अरबौं रुपैयाँ खर्च हुन्छ । यसले प्रणालीमा पैसाको आपूर्ति बढाउने अनुमान गरिएको छ । साथै गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरुले लाभांश घोषण गरी रहेको हुदाँ शेयरधनीहरुले तत्कालै लाभांश हात पार्ने सक्ने अवस्था रहेको हुदाँ यस तर्फ पनि लगानीकर्र्ताले सोच्नु पर्ने आंकलन गर्ने थालिएको छ ।

थोरै फाइदा हुने बित्तिकै बेचिहाल्ने मनोविज्ञान धेरैमा देखिएकाले बजारमा बिक्रेता हावी भएका हुन् । लगानीकर्ताको मनोबल समेत सकारात्मक हुन नसक्दा शेयर बजारमा प्रभाव परी रहेको आंकलन गर्न थालिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३९.१५ अकंले घटेर १९१७.२२ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २६ लाख ९७ हजार ७२३ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४३६ रुपैयाँको कारोबार भएको थियो ।

नेप्से ओरालो लागेसँगै आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.६८ प्रतिशत, विकास बैंक समूहको १.४२ प्रतिशत, फाइनान्स समूहको २.४६ प्रतिशत, जीवन बीमा समूहको ०.७८ र निर्जीवन बीमा समूहको १.१६ प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज मन्दीकिनी हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ३.९२ प्रतिशतले बढेको हो । बिहिबार अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.९१ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्