छुट्नु होलि नि बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम मौका « Arthapath.com
२४ जेष्ठ २०८३, आइतबार

छुट्नु होलि नि बाराही हाइड्रोपावरको आइपीओमा आवेदन दिने अन्तिम मौका



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिकले आयोजना प्रभावित स्थानियका लागि निष्कासन गरेको आइपीओमा आवेदन आज (कात्तिक २५ गते) अन्तिम दिन रहेको छ । कात्तिक ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि प्रतिकित्ता १०० अंकित मूल्यका २ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

कम्पनीको आईपीओमा बाग्लुङ्ग जिल्लाको जैमिनी नगरपालिकाको वडा नं। १, ४ र ५ साविक कुस्मीसेरा, सर्कूवा र बिनामारे गाविस तथा जैमिनी नगरपालिकाका अन्य वडाहरुका स्थानिय बासिन्दाहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीको आईपीओमा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताले एनएमबि बैंक र ग्लोबल आइएमई बैंकको कुस्मीसेरा शाखा, कुमारी बैंकको राहाले शाखा र गरिमा विकास बैंकको ट्राफिक चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

यसका साथै नेपाल धितोपत्र स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका ताकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्