लाभांश सिजनमा पनि छैन लगानीकर्तामा उत्साह, शेयर बजारमा ओरालो यात्रा कायमै « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

लाभांश सिजनमा पनि छैन लगानीकर्तामा उत्साह, शेयर बजारमा ओरालो यात्रा कायमै



काठमाडौं । अझै शेयर बजारमा सुधार आउन सकेको छैन । लाभांश सिजनमा समेत शेयर बजारमा सुधार आउन सकेको छैन भने लगानीकर्ता लगानी गर्ने अझै डराइरहेको अवस्था छ । मर्जरमा गएका कम्पनीहरुको कारोबार खुल्ने र सप्लाई बढ्न सक्ने आकंलनसगै लगानीकर्ताले धमाधम आफ्नो शेयर बेच्न थालेका छन् ।

बजारबाट ट्रेडरहरुले नाफा बुक गरेपछि सूचक फेरि सामान्य दबाबमा परिरहेको आंकलन गरीएको छ । अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै गएको चुनावपछि नयाँ सरकार बनेपछि शेयर बजार उचाइमा पुग्ने जानकारहरु बताउछन् ।

यस्तै, चुनावी माहोलका कारण बजारमा पैसा पनि आइरहेको छ । यसले सेयर बजारलाई विस्तारै सहज बनाउने अनुमान गरिएको छ । नेपाल धितोपत्र बोर्डले अब १५ दिनमात्र सेयर कारोबार रोक्का हुने व्यवस्था गरेको छ । निर्देशिका अनुसार उक्त रोक्का १५ दिनसम्म गर्नु भएको हुदाँ लगानीकर्ता डराउनु पर्न अवस्था नरहेको जानकारहरु बताउछन् । चुनावमा औपचारिक र अनौपचारिक माध्यमबाट अरबौं रुपैयाँ खर्च हुन्छ । यसले प्रणालीमा पैसाको आपूर्ति बढाउने अनुमान गरिएको छ ।

साथै गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीहरुले लाभांश घोषण गरी रहेको हुदाँ शेयरधनीहरुले तत्कालै लाभांश हात पार्ने सक्ने अवस्था रहेको हुदाँ यस तर्फ पनि लगानीकर्र्ताले सोच्नु पर्ने आंकलन गर्ने थालिएको छ । थोरै फाइदा हुने बित्तिकै बेचिहाल्ने मनोविज्ञान धेरैमा देखिएकाले बजारमा बिक्रेता हावी भएका हुन् ।

आज नेपाल स्टक एक्सचेञ्ज १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको छ । बिहिबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २३.५२ अकंले घटेर १८९३.७० बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीको ३१ लाख १४ हजार ६८९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ११ करोड ९४ लाख ६१ हजार ४११ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार लक्ष्मी इक्वाटी फण्डका इकाईधनीले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ७.९० प्रतिशतले बढेको हो ।

आइतबार नबिल ब्यालेचड फण्ड २ का लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६.९० प्रतिशतले घटेको हो ।

नेप्से दोहोरो अंकले ओरालो लागे पनि शिवम सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ३९ लाख ९६ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्