यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच भएको छ ।

नेप्सेमा सुधार आउँदा ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो । आज लक्ष्मी इक्वाटी फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६.५८ प्रतिशतले घटेको हो ।

साथै, ङादी ग्रुप पावरको ५.२० प्रतिशत, मन्दीकीनी हाइड्रोपावरको ३.२० प्रतिशत, सिगन्टी हाइड्रो इर्नजीको २.९५ प्रतिशत र सिद्धार्थ एन्भेष्टमेन्ट ग्रोथको १.९९ प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्