शेयर बजारमा रौनक थपियो, नेप्से २१.०४ अकंले बढ्दा कारोबार ९४ करोड माथि
काठमाडौं । केहि दिन देखि लगातार ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । शेयर बजारमा रौनक आउँदा कारोबार भने आसै सुधार आउन सकेको छैन
अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै भएको चुनावपछि नयाँ सरकार र लगानीको नयाँ वातावरण बन्नेमा आशावादी बन्न सकिने ठाउँ छ । यस्तै, चुनावी माहोलका कारण बजारमा पैसा पनि आइरहेको छ । यसले सेयर बजारलाई विस्तारै सहज बनाउने अनुमान गरिएको छ । सेयर बजार घटबढ भइरहने हुदाँ लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले कारोबार गर्नुपर्ने देखिन्छ ।
ब्याजदर महँगो हुँदा कर्जाको माग बढेको अत्याधिक बढेको ब्याजदरमा कर्जा लिनेहरु घटेपछि बैंकहरु पनि अब लगानी वृद्धि गर्नका लागि ब्याजदर घटाउनैपर्ने हुन्छ । यसले गर्दापनि शेयर बजारमा सुधार देखिएको छ । यसैगरी, लाभांशको सिजन भएकाले खरिदकर्ता उत्साहित हुने आँकलन गरिएको छ । तर यही बेला मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला हुने भएपछि सप्लाई बढ्न सक्ने अनुमानसहित केही लगानीकर्ताको मनोबल सामान्य कमजोर पनि देखिएको छ । अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै गएको चुनावपछि नयाँ सरकार बनेपछि शेयर बजार उचाइमा पुग्ने जानकारहरु बताउछन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज १० अकंले घटेर १८८३.१६ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२५ कम्पनीको २० लाख २८ हजार ३४८ कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ४९ लाख ११ हजार ७०६ रुपैयाँको कारोबार भएको थियो ।
आज शिवम् सिमेन्टको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज १० करोड ९६ लाख ४३ हजार रुपैयाँको कारोबार भएको हो ।
आज तारागाँउ रिजेन्सी होटलको शेयरमा सकारात्मक सर्किट लागेको छ भने लक्ष्मी इक्वाटी फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ६.५८ प्रतिशतले घटेको हो ।


















