सिक्लेस हाइड्रोपावरको शेयर कारोबार खुला
काठमाडौं । सिक्लेस हाइड्रोपावरको सेयर कारोबार मंगलबारदेखि सुरु भएको छ । सिक्लेसको पहिलो कारोबार ३५० रुपैयाँ ५० पैसामा खुला भएको हो ।
अब सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ११६.८६ रुपैयाँदेखि ३५०.५८ रुपैयाँ तोकेको थियो । सोही रेन्जको अधिकतम विन्दुबाट पहिलो कारोबार भएको हो । सिक्लेसको चुक्ता पुँजीका आधारमा कायम ८५ लाख कित्ता सेयर सोमबार सूचीकृत भएको हो । ‘एसआइकेएलइएस’ संकेतमा सेयर कारोबार सुरु भएको हो ।

















