मंगलबार यी १० कम्पनीका शेयरधनी मालामाल
काठमाडौं । सोमबार शेयर बजारमा देखिएको रौनक मंगलबारसम्म टिकेको छैन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।
मंगलबार सिटिजन म्युचुअल फण्ड १ का इकाइधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४.५८ प्रतिशतले बढेको हो ।
साथै, पन्चकन्या माइ हाइड्रोपावरको २.९३ प्रतिशत, ग्लोबल आइएमई ब्यालेचड फण्ड १ को २.५६ प्रतिशत, लक्ष्मी इक्वाटी फण्डको २.१२ प्रतिशतले बढेको हो ।



















