यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

यी हुन आज सर्वाधिक गुमाउने लगानीकर्ता



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच भएको छ । नेप्से झिनो अकंले ओरालो लाग्दा १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो ।

आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ८.५६ प्रतिशतले घटेको छ ।

त्यस्तै, आज देखि कारोबारमा गएको सिक्लेस हाइड्रोपावरको ८.४२ प्रतिशत, ग्रामिण विकास लघुवित्तको ६.२१ प्रतिशत, गणपति लघुवित्तको ५.०६ प्रतिशत र सप्तकोशी डेभलपमेलन्टको ४.५७ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्