नेप्से झिनो अकंले घट्दा १ अर्ब माथि कारोबार, यस कारण जान्छ शेयर बजार उचाईमा
काठमाडौं । साताको तेस्रो दिन आएर शेयर बजार झिनो अकंले ओरालो लागेको छ । साताको दोस्रो दिन सुधार आएको शेयर बजारमा आज भने सामान्य अकंले घट्न पुगेको हो ।
ब्यावसायीहरुले ब्याजदर घटाउन दबाब दिए पनि एनबिएले मंसिरमा ब्याजदर यथावत नै राख्ने निर्णय गरेकाले पनि आज शेयर बजार सुधार आउन नसकेको आकंलन गरीएको छ । समग्रमा आगामी दिनहरु पुँजी बजारका लागि सकारात्मक हुने देखिन्छ । बैंकहको ब्याजदरलाई लगानीकर्ताले आत्मसात गरेको र शेयर बजार ओरालो नलाग्ने जानकारहरु बताउछन् । चुनावपछि केन्द्रीय बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा गर्दैछ । यस पनि शेयर बजारमा सुधार तिर लैजाने लगानीकर्ताको बुझाइ छ ।
अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै भएको चुनावपछि नयाँ सरकार र लगानीको नयाँ वातावरण बन्नेमा आशावादी बन्न सकिने ठाउँ छ । यस्तै, चुनावी माहोलका कारण बजारमा पैसा पनि आइरहेको छ । यसले सेयर बजारलाई विस्तारै सहज बनाउने अनुमान गरिएको छ । सेयर बजार घटबढ भइरहने हुदाँ लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले कारोबार गर्नुपर्ने देखिन्छ ।
लाभांशको सिजन भएकाले खरिदकर्ता उत्साहित हुने आँकलन गरिएको छ । तर यही बेला मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला हुने भएपछि सप्लाई बढ्न सक्ने अनुमानसहित केही लगानीकर्ताको मनोबल सामान्य कमजोर पनि देखिएको छ । अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै गएको चुनावपछि नयाँ सरकार बनेपछि शेयर बजार उचाइमा पुग्ने जानकारहरु बताउछन् ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.५९ अकंले घटेर १८९७.८६ बिन्दुमा बन्द भएको छ । सोमबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २१.०४ अकंले बढेर १९०४.२६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २ करोड ३६ लाख ९ हजार रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२६ कम्पनीहरुको २४ लाख ५२ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ ९४ करोड ६० लाख ८९ हजार ५२१ रुपैयाँको कारोबार भएको थियो ।
मंगलबार सिटिजन म्युचुअल फण्ड १ का इकाइधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ४.५८ प्रतिशतले बढेको हो । आज तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ८.५६ प्रतिशतले घटेको छ ।
मंगलबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ८ करोड २२ लाख ३४ हजार रुपैयाँको कारोबार भएको हो ।


















