बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । बुधबार भने शेयर बजारमा सुधार आएको छ । चुनावको हुन केही मात्र बाँकी हुदाँ शेयर बजारमा सुुधार आएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको छ ।
बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा दोहोरो अकंको सुधार आउँदा ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँको कारोबार भएको हो ।
आज जनउत्थान लघुवित्तका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ४.१३ प्रतिशतले घटेको हो ।
साथै, सबैंको लघुवित्तको ३.६८ प्रतिशत, बिशाल बजारको २.८४ प्रतिशत, बुद्धभुमि नेपालको २.७४ प्रतिशत र लक्ष्मी उन्नति कोषको २.६४ प्रतिशतले शेयर घटेको हो ।



















