अर्थतन्त्र सुधार तिर लम्किदा शेयर बजार पनि आकाशिदैं, १ अर्ब ७१ करोड माथि भयो कारोबार « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

अर्थतन्त्र सुधार तिर लम्किदा शेयर बजार पनि आकाशिदैं, १ अर्ब ७१ करोड माथि भयो कारोबार



काठमाडौं । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा सुधार आएको छ । अर्थतन्त्रका अधिकांश सूचक उकालो तथा बैंकहरुले ब्याजदर स्थिर राख्ने निर्णय पनि शेयर बजारमा सुधार आएको हो ।

तरलता र ब्याजदरमा सुखद् खबरहरु आउन थालेपछि त्यसको सकारात्मक प्रभाव बजारमा परेको जानकारहरु बताउछन् । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरका लागि निक्षेपको ब्याजदर घटाउने निर्णय गरेसँगै शेयर बजारमा सुधार आएको आंकलन गरीएको छ । बुृधबारमात्रै केन्द्रीय बैंकले लामो समयपछि पहिलोपटक मुलुकको शोधनान्तर अवस्था बचतमा गएको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्ष २०७९÷८० तीन महिनामा विप्रेषण आप्रवाह (रेमिट्यान्स) १६.८ प्रतिशतले वृद्धि भएको छ । चालु आवको असोज मसान्तसम्ममा रेमिट्यान्स वृद्धि भई २ खर्ब ८१ अर्ब ५ करोड रुपैयाँ पुगेको छ ।यसले पनि शेयर बजारमा सकारात्मक प्रभाव गरेको हो ।

समग्रमा आगामी दिनहरु पुँजी बजारका लागि सकारात्मक हुने देखिन्छ । बैंकहको ब्याजदरलाई लगानीकर्ताले आत्मसात गरेको र शेयर बजार ओरालो नलाग्ने जानकारहरु बताउछन् ।

अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै भएको चुनावपछि नयाँ सरकार र लगानीको नयाँ वातावरण बन्नेमा आशावादी बन्न सकिने ठाउँ छ । यस्तै, चुनावी माहोलका कारण बजारमा पैसा पनि आइरहेको छ । यसले सेयर बजारलाई विस्तारै सहज बनाउने अनुमान गरिएको छ ।

लगानीकर्ता सकारात्मक हुन थालेपछि बजारको गति पनि सोही अनुसार प्रतिबिम्बित हुनेछ । विकास बैंक र फाइनान्स कम्पनीहरुले मंसिरका लागि निक्षेपको ब्याजदर घटाएका छन् । अब वाणिज्य बैंकहरुले पनि क्रमशः ब्याजदर घटाउने अनुमान गरिएको छ । त्यसैपनि शेयर बजारमा सुधार आएको हो ।

मर्जरमा गएका कम्पनीहरुको कारोबार खुला हुने भएपछि सप्लाई बढ्न सक्ने अनुमानसहित केही लगानीकर्ताको मनोबल सामान्य कमजोर पनि देखिएको छ । अर्थतन्त्रका सूचकहरु विस्तारै सबल बन्दै गएको चुनावपछि नयाँ सरकार बनेपछि शेयर बजार उचाइमा पुग्ने जानकारहरु बताउछन् ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २५.५७ अकंले बढेर १९३६.८३ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.४० अकंले घटेर १९११.२६ बिन्दु बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब ७१ करोड ५४ करोड १९ लाख २८६ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २४ लाख ९५ लाख ६१२ कित्ता शेयर किनबेच हुदाँ ८५ करोड ९४ लाख ६८ हजार १५८ रुपैयाँको कारोबार भएको थियो ।

बिहिबार रिडि पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १४ करोड ३९ लाख १५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज सिक्लेस हाइड्रोपावर र सयपत्रि हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ । बिहिबार फरवार्ड माइक्रोफाइनान्सका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर २.९७ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्