मंगलबार यी लगानीकर्ता भए मालामाल « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

मंगलबार यी लगानीकर्ता भए मालामाल



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ ।

मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको हो ।

आज जानकी फाइनान्सका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.२३ प्रतिशतले बढेको हो ।

त्यस्तै, खप्तड लघुवित्तको ३.९९ प्रतिशत, धौरागिरी लघुवित्तको ३.९७ प्तिशत, सयपत्रि हाइड्रोपावरको ३.८० प्रतिशत र सिद्धार्थ इक्वाटी फण्डको ३.७५ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्