यूनिलिभर नेपालसहित यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साताको तेस्रो दिन शेयर बजारमा सामान्य गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ ।
मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको हो ।
यूनिलिभर नेपालका लगानीकर्ताले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर प्रतिकित्ता १ हजार ९९ रुपैयाँले घटेको हो ।
त्यस्तै, सिक्लेस हाइड्रोपावरको ४.४८ प्रतिशत, दोर्दी खोला जलविद्युतको ४.४४ प्रतिशत, अपर हेवाखोला हाइड्रोपावरको ४.३५ प्रतिशत र सिटिजन म्युचुअल फण्ड १ का् ४.५ प्रतिशतले शेयर घटेको हो ।



















