शेयर बजार अझै माथि उठ्न सकेन, ११ उपसूचक राताम्य हुदाँ कारोबार १ अर्ब मात्र « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

शेयर बजार अझै माथि उठ्न सकेन, ११ उपसूचक राताम्य हुदाँ कारोबार १ अर्ब मात्र



काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन भएसँगै हाल देशभर नतिजा सार्वजनिक भइरहेको छ । देश चुनावमय हुदाँ शेयर बजार भने ओरालो लागेको छ ।

थोरै बढेको मौकामा नाफा बुक गर्नेहरु सक्रिय हुदाँ शेयर बजार प्रभावित बनेको जानकारहरु बताउछन् । साथै यस पटक कुनै पनि दलको एकल बहुमत आउने संकेत देखिएको छैन । त्यसैले पनि अबको सरकार कस्को हुन्छ उसले ल्याउने पूँजी बजार सम्बन्धी धारण कस्तो हुन्छ ? भन्ने अन्यौलका बीच आज शेयर बजार समान्य अकंले ओरालो लागेको देखिन्छ । आगामी सरकार कस्तो हुने र अर्थतन्त्रलाई कसले हाँक्ने लगायतका कुरालाई पनि लगानीकर्ता निकै चासोका साथ हेरिरहेका छन् ।

ब्याजदर घटि रहेको, अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर लम्किरहेको, बैंकिङ प्रणालीमा तरलता सहज हुदै गएको हुदाँ अब शेयर बजार रप्तारमा आगडि बढ्ने जानकारहरु बताउछन् ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले बढेर १९२१.९९ बिन्दुमा बन्द भएको छ । मंगलबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.१३ अकंले घटेर १९२९.७० बिन्दुमा बन्द भएको छ ।

बुधबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिन भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ३७ लाख ६३ हजार ३६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ३५ करोड २८ लाख ८५ हजार ७७९ रुपैयाँको कारोबार भएको थियो ।

बुधबार निर्माण र प्रशोधन समूहको ०.८० प्रतिशत र ब्यापार समूहको ०.२९ प्रतिशतले शेयर मूल्य बढेको हो । बाँकी ११ समूह राताम्य भएका छन् । आज बैंक समूहको ०.५० प्रतिशत, विकास बैंक समूहको ०.०१ प्रतिशत, फाइनान्स समूहको ०.०९ प्रतिशतले शेयर मूल्य घटेको छ ।

बुधबार नेपाल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर १२ करोड ७७ लाख ४० हजार रुपैयाँको कारोबार भएको छ ।

बुधबार सिभिल बैंक र घलेम्दी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज स्टान्डर्ट चार्टर बैंकका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ४.७८ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्