नेप्सले रिडी पावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

नेप्सले रिडी पावरको शेयर कारोबार रोक्का, यस्तो छ कारण



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीलाई स्पष्टीकरण सोधेको छ । रिडी पावर कम्पनीको सेयर कारोबार रोक्का गर्दै नेप्सेले स्पष्टीकरण सोधेको हो ।

रिडीले दोस्रो बजारमा सेयर कारोबार भइरहेको समयमा संचालक समितिको बैठक बसी मूल्य संवेदनशील निर्णय गरेको भन्दै नेप्सेले बुधबारदेखि सेयर कारोबार रोक्का गरेको हो ।

सेयर कारोबार रोक्का गर्दै नेप्सेले ३ दिनभित्रमा स्पष्टीकरण पेश गर्नसमेत कम्पनीलाई निर्देशन दिएको छ ।

रिडीले मंगलबार सेयर बजार खुला भएपछि सञ्चालक समितिको बैठक बसेर ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.१० प्रतिशत नगद लाभांश पनि दिने निर्णय गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्