तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् पिपुल्स हाइड्रोपावरको आइपीओ रिजल्ट « Arthapath.com
७ मंसिर २०७९, बुधबार

तपाईलाई पर्यो कि ? यी ४ तरिकाबाट हेर्नुस् पिपुल्स हाइड्रोपावरको आइपीओ रिजल्ट



काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बिक्री प्रबन्धक सानिमा क्यापिटलको आफ्नै कार्यालय नक्साल काठमाडौंमा आइपीओ बाँडफाँट भएको छ ।

आईपिओमा कुल १२ लाख ३० हजार ६ सय ५ जनाले आवेदन दिएकोमा ३ हजार ५ सय ४६ जनाको आवेदन रद्द भएको छ । योग्य उम्मेदवारको आवेदन बढी देखिएकाले गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । जस अन्तर्गत ५ लाख १५ हजार ७८८ जनाले मात्र १० कित्ताका दरले आइपीओ पाएका हुन । बाँकी ७ लाखका हात रित्तो भएको छ ।

कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ४ तरिकाबाट हेर्न सकिने छ ।

सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइटः  iporesult.cdsc.com.np
बिक्रि प्रबन्धक सानिमा क्यापिटल वेबसाइटः https://www.sanima.capital/
पिपुल्स हाइड्रोपावरको वेबसाइटः https://peopleshydro.com.np/

मेरो शेयर: meroshare.cdsc.com.np/#/login


प्रतिक्रिया दिनुहोस्