बिहिबार यी लगानीकर्ता भए मालामाल « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

बिहिबार यी लगानीकर्ता भए मालामाल



काठमाडौं । आज शेयर बजारमा सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५६ अकंले बढेर १९३३.५५ बिन्दुमा बन्द भएको हो ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनेबेच हुदाँ ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँको कारोबार भएको छ ।

आज घलेम्दी हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.८३ प्रतिशतले बढेको हो ।

साथै, आरएमडिसी लघुवित्तको ६ प्रतिशत, साइन रेसुङ्गा बैंकको ४.८९ प्रतिशत, साना किसान विकास लघुवित्तको ४.८१ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्