किसान लघुवित्तसहित यी लगानीकर्ताले सर्वाधिक गुमाए « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

किसान लघुवित्तसहित यी लगानीकर्ताले सर्वाधिक गुमाए



काठमाडौं । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५६ अकंले बढेर १९३३.५५ बिन्दुमा बन्द भएको छ ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनेबेच भएको छ । नेप्सेमा सुधार आएसँगै ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँको कारोबार भएको हो ।

आज किसान लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर २.८९ प्रतिशतले घटेको हो ।

त्यस्तै, सिटिजन म्युचुअल फण्ड २ को २.०८ प्रतिशत, स्मार्ट घरेलु लघुवित्तको १.९७ प्रतिशत, न्यादी हाइड्रोपावरको १.९३ प्रतिशत र अपर हेवाखोलाको १.९१ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्