शेयर बजारमा सुधार, १२ उपसूचकमा हरियाली हुदाँ कारोबार ९२ करोडमा सिमित « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

शेयर बजारमा सुधार, १२ उपसूचकमा हरियाली हुदाँ कारोबार ९२ करोडमा सिमित



काठमाडौं । शेयर बजारमा आज सुधार देखिएको छ । प्रतिनिधि र प्रदेश सभाको निर्वाचन पछिको २ कारोबारमा घटेको शेयर बजार आज भने सुधार तिर लम्कीएको हो ।

ब्याजदर घटि रहेको, अर्थतन्त्रका अधिकांश सूचक सुधार तिर लम्किरहेको, बैंकिङ प्रणालीमा तरलता सहज हुदै गएको हुदाँ अब शेयर बजार रप्तारमा आगडि बढ्ने जानकारहरु बताउछन् । केन्द्रीय बैंकको पछिल्ला तथ्यांकहरुले पनि निक्षेप बढिरहेको देखाएको छ । यसले सेयर बजारलाई विस्तारै सहज बनाउने अनुमान गरिएको छ ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.५६ अकंले बढेर १९३३.५५ बिन्दुमा बन्द भएको छ । बुधबार भने नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.७२ अकंले बढेर १९२१.९९ बिन्दुमा बन्द भएको थियो ।

बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २३२ कम्पनीको २५ लाख ६९ हजार २२९ कित्ता शेयर किनेबेच हुदाँ ९२ करोड ५१ लाख ७४ हजार ३८० रुपैयाँको कारोबार भएको छ । बुधबार भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको २८ लाख ३९ हजार ३७३ कित्ता शेयर किनेबेच हुदाँ १ अर्ब २ करोड २२ लाख ९३ हजार ५५२ रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा दोहोरो अकंको सुधार आएसँगै आज १२ उपसूचकमा हरियाली छाएको छ । आज निर्जीवन बीमा समूहको ०.०४ प्रतिशतले घटेको हो । साथै, विकास बैंक समूहको १.११ प्रतिशत, फाइनान्स समूहको १.१४ प्रतिशत, बैंकिङ समूहको ०.४४ प्रतिशतले शेयर मूल्य बढेको हो ।

बिहिबार साइन रेसुङ्गा डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ७ करोड ६२ लाख ४८ हजार रुपैयाँको कारोबार भएको हो ।

आज घलेम्दी हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.८३ प्रतिशतले बढेको हो । आज किसान लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर २.८९ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्