चिर्ख्वा हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

चिर्ख्वा हाइड्रोपावरले १२ लाख कित्ता आइपीओ जारी गर्ने, बोर्डमा दियो आवेदन



काठमाडौं । चिर्ख्वा हाइड्रोपावर लिमिटेडले आइपीओ निष्काशन गर्न भएको छ । कम्पनीले आइपीओ निष्कासनको अनुमति माग गर्दै नियामक निकाय नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले कात्तिक १७ गते १२ करोड रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमति माग्ग गर्दै बोर्डमा आवेदन दिएको छ । अनुमति पाएसँगैं कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा कुल १२ लाख कित्ता आइपीओ जारी गर्ने छ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानिय बासिन्दा र दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ जारी गर्नेछ । कम्पनीको बिक्री प्रबन्धकमा आरबिबि मर्चेन्ट बैकिङ्ग लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्