हिमालयन डिष्टिलरीद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

हिमालयन डिष्टिलरीद्धारा आकर्षक लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । हिमालयन डिष्टिलरीले लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षका लागि शेयरधनीहरुलाई कुल ७० प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।

कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले लगानीकर्तालाइ चुक्ता पुँजीको ६० प्रतिशत बोनस सेयर (१० कित्ता बराबर ६ कित्ता) र १० प्रतिशत(करसहित) नगद लाभांश वितरण निर्णय गरेको हो ।

प्रस्तावित लाभांश पारितका लागि कम्पनीले २२औं साधारण सभा पुस २७ गते बोलाएको छ । कम्पनीको साधारणसभा वीरगञ्ज महानगरपालिका २१ लिपनिविर्तास्थित कम्पी रजिष्टर्डको कार्यलयमा संचालन बोलाएको हो ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १९ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्