कति पाउला त पिपुल्स हाइड्रोपावरको आईपीओले ओपनिङ्ग रेञ्ज ? यस्तो आयो संकेत « Arthapath.com
११ मंसिर २०७९, आईतवार

कति पाउला त पिपुल्स हाइड्रोपावरको आईपीओले ओपनिङ्ग रेञ्ज ? यस्तो आयो संकेत



काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट गरेको छ । जस अन्तर्गत ५ लाख १५ हजार ७८८ जनाले मात्र १० कित्ताका दरले आइपीओ पाएका छन् । बाँकी ७ लाखका हात रित्तो भएको छ ।

१० कित्ता आइपीओ पाएका शेयरधनीहरुले कम्पनीको ओपन रेञ्ज कतिमा होला भन्ने चासो बढेको छ । कम्पनीको पहिलोे कारोबारको लागि १०० रुपैयाँ देखि ३०० रुपैयाँसम्म ओपन रेञ्ज पाउने देखिएको छ ।

कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । सोही कारण उक्त मूल्य रेञ्ज पाउने देखिएको हो ।

कम्पनीको आईपीओ हाल नेप्सेमा सूचीकरण प्रक्रियामा छ ।


प्रतिक्रिया दिनुहोस्