बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ जारी गर्ने, क-कस्ले दिन पाउँछन् आवेदन « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

बाराही हाइड्रोपावरले मंसिर २१ गतेदेखि आइपीओ जारी गर्ने, क-कस्ले दिन पाउँछन् आवेदन



काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले मंसिर २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने लागेको हो ।

कम्पनीले पहिलो चरणमा आयोजन प्रभावित स्थानिय बासिन्दाका लागि बिक्री गरेकोमा वितरण हुन नसकेको १ लाख ४ हजार कित्ता शेयरसमेत जोडेर कम्पनीले सर्वसाधारणमा कुल ५ लाख ५४ हजार कित्ता शेयर वितरण गर्न लागेको हो । जसमा ५ प्रतिशत अर्थात् २७ हजार कित्ता शेयर सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासनमा गर्ने कम्पनीले जनाएको छ ।

उक्त शेयरमा छिटोमा मंसिर २६ गते र छिटो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि पुस ६ गतेसम्म विक्री आवेदन दिन पाउनेछ । लगानीकर्ताले यो शेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् । साथैै सिडिएससीको मेरो शेयर वेबसाइट वा एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।

आईपीओ निष्काशनका लागि गराएको रेटिङमा इक्रा नेपाले कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दै इक्रा एनपी इस्यूअर रेटिङ बि माइनस रेटिङ प्रदान गरेको छ । कम्पनीको शेयर निष्काशन तथा विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्