शेयर बजारमा झिनो सुधार, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

शेयर बजारमा झिनो सुधार, यी कम्पनीको भयो आज सर्वाधिक कारोबार



काठमाडौं । तेस्रो दिन आएर शेयर बजारमा सुधार देखिएको छ । हिजो अर्थात सोमबार दोहोरो अकंले घटेको शेयर बजार आज भने झिनो सुधार आएको हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नितिको पहिलो समिक्षा सार्वजनिक गर्दै बैंकहरुको ब्याजदर बढ्न नदिने भने पनि शेयर बजारमा सुधार देखिन सकेको छैन ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९९ अकंले बढेर १९५३.३५ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुदाँ ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ७२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, नबिल बैंकको ४ करोड ३१ लाख ६१ हजार रुपैयाँ, शिवम सिमेन्टको ४ करोड २२ लाख ४ हजार रुपैयाँ, नेष्डो समृद्ध लघुवित्तको ३ करोड १८ लाख ५९ हजार रुपैयाँ र एनसीसी बैंकको २ करोड ५२ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्