धौलागिरी लघुवित्तका सहित यी कम्पनीका लगानीकर्ता भए मालामाल « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

धौलागिरी लघुवित्तका सहित यी कम्पनीका लगानीकर्ता भए मालामाल



काठमाडौं । मंगलबार शेयर बजारमा सामान्य सुधार आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९९ अकंले बढेर १९५३.३५ बिन्दुमा बन्द भएको हो ।

पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुदाँ ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको कारोबार भएको छ ।

आज धौलागिरी लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.१० प्रतिशतले बढेको हो ।

साथै, एनसीसी बैंकको ५.०५ प्रतिशत, एनआइसी सेलेक्ट फण्ड ३० को ४.१८ प्रतिशत, गुहेश्वरी मचन्र्टेको ४.०३ प्रतिशत र खप्तड लघुवित्तको ४.०२ प्रतिशतले शेयर बढेको हो ।


प्रतिक्रिया दिनुहोस्