नेप्से २.९९ अकंले बढ्यो: ७ उपसूचकमा हरियाली आउँदा ९५ करोडमा खुम्चियो कारोबार, यस्तो छ कारण « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

नेप्से २.९९ अकंले बढ्यो: ७ उपसूचकमा हरियाली आउँदा ९५ करोडमा खुम्चियो कारोबार, यस्तो छ कारण



काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नितिको पहिलो समिक्षा सार्वजनिक गर्दै बैंकहरुको ब्याजदर बढ्न नदिने निर्णय गरेसँगै शेयर बजारमा आज झिनो सुधार देखिएको छ । ब्याजदर सम्बन्धी बजारमा अन्यौल सिर्जना हुदाँ शेयर बजार खासै माथि उठ्न सकेको छैन ।

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरी रहेको बेला शेयर बजार ओरालो लाग्दा अझै लगानीकर्ता के हेरेर बसेका छन् अन्यौलको विषय छ । यता विज्ञहरु भने शेयर बजार सुधार तिर नै लम्किने तर्क दिदैं आइरहेका छन् । देशको अर्थतन्त्रका सूचक पनि सुधार तिर गएको र राष्ट्र बैंकको मौद्रिक नितिले पनि लगानीकर्ता राहत दिएको जानकारहरु बताउछन् ।

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको अन्तिम मतपरिणम आइसकेको छैन अब आउने नयाँ सरकार कस्तो हुने तथा सरकारको पूँजी बजार सम्बन्धी कस्तो निति हुने भन्ने अनेका सख्खाले पनि शेयर बजार सुधार तिर लम्किन नसकेको आंकलन गर्ने थालिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.९९ अकंले बढेर १९५३.३५ बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २३४ कम्पनीको २५ लाख ८९ हजार ९९७ कित्ता शेयर किनबेच हुदाँ ९५ करोड ७० लाख ६० हजार २२५ रुपैयाँको कारोबार भएको छ ।

आज ७ उपसूचकमा हरियाली छाएको छ भने ६ उपसूचक राताम्य भएका छन् । आज विकास बैंक समूहको ०.८१ प्रतिशत, फाइनान्स समूहको १.२१ प्रतिशत र हाइड्रोपावरको शेउर ०.१२ प्रतिशतले बढेको छ ।

मंगलबार हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ७२ लाख ७५ हजार रुपैयाँको कारोबार भएको छ ।

आज धौलागिरी लघुवित्तका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ६.१० प्रतिशतले बढेको हो । मंगलबार एनआइसी एशिया ब्यालेचड फण्डका इकाइधनीहरुले सर्वाधिक गुमाएका छन् । फण्डका इकाइधनीहरुले ४.६० प्रतिशतले शेयर घटेको हो ।


प्रतिक्रिया दिनुहोस्