नेप्सेमा एक कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
१३ मंसिर २०७९, मंगलवार

नेप्सेमा एक कम्पनीको ८ लाख ४० हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज –नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार सानिमा लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीको ४.२० प्रतिशत बराबरको ८ लाख ४० हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ४.२ प्रतिशत बोनस र ०.२२ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्