लाभांशको रौनकमा नयाँ सरकारको अन्यौलले शेयर बजार ओरालो « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

लाभांशको रौनकमा नयाँ सरकारको अन्यौलले शेयर बजार ओरालो



काठमाडौं । शेयर बजार साताको दोस्रो दिन आएर ओरालो लागेको छ । आइतबार झिनो सुधार देखिएको शेयर बजारमा फेरी ओरालो लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश प्रस्ताव गरी रहदाँ शेयर बजारमा लागेको ओरालोले लगानीकर्ता निराश बनेका छन् । लगानी गर्ने उपयुक्त समय पनि लगानीकर्ता लगानी गर्ने डराइ रहेको अवस्था छ । प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सम्पन्न भइसँगै एकल बहुमत नदेखिएपछि दलहरु सरकार बनाउन एक अर्कामा कसरत गरी रहदाँ यता शेयर बजार भने ओरालो लागेको हो । नयाँ सरकारको शेयर बजार सम्बन्धी निति फरक हुने आंकलनले शेयर बजार ओरालो लागेको जानकार बताउछन् ।

नयाँ सरकारको अन्यौलका कारण ओरालो लागेको शेयर बजार अब नयाँ सरकार पछि उचालिने आंकलन गरिएको छ । पछिल्लो समय अर्थतन्त्रका सूचकहरु पनि राम्रा देखिएका छन् । बैंकहरुमा निक्षेप थपिएको छ भने केन्द्रीय बैंकले ब्याजदर थप बढ्न नदिने नीति लिएको छ । सोहि कारण पनि नयाँ सरकार पछि शेयर बजार उचाइमा पुग्ने विज्ञहरु बताउछन् ।

आज नेपाल स्टक एक्सचेञ्ज २४.४६ अकंले बढेर १९३८.७६ बिन्दमा बन्द भएको छ । आइतबार भने नेपाल स्टक एक्सचेञ्ज २.१६ अकंले बढेर १९६३.२२ बिन्दुमा बन्द भएको थियो ।

आइतबार पूँजी बजारमा सूचीकृत २४० कम्पनीको ४१ लाख २७ हजार २८६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिन पूँजी बजारमा सूचीकृत २४३ कम्पनीको ३६ लाख ९४ हजार ८४ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ५६ करोड १७ लाख २ हजार ९९२ रुपैयाँको कारोबार भएको थियो ।

आइतबार १३ वटै उपसूचक राताम्य भएको छ । आज बैंकिङ समूहको ०.७१ प्रतिशत, विकास बैंक समूहको १.५३ प्रतिशत, फाइनान्स समूहको २.२८ प्रतिश, जीवन बीमा समूहको १.४४ प्रतिशत, निजीवन बीमा समूहको १.१९ प्रतिशतले शेयर मूल्य घटेकोह ो ।

आइतबार रिडी पावरको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ३० करोड ८३ लाख ५७ लाख रुपैयाँको कारोबार भएको छ ।

आज सयपत्रि हाइड्रोपावरका शेयरधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर ३.१२ प्रतिशतले बढेको हो । अजोड इन्स्योरेन्सका शेयरधनीहरुले आज सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर आज ७.३७ प्रतिशतले घटेको हो ।


प्रतिक्रिया दिनुहोस्