शिखर पावरले १० लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त « Arthapath.com
२० मंसिर २०७९, मंगलवार

शिखर पावरले १० लाख कित्ता आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त



काठमाडौं । शिखर पावर डेभलपमेन्ट लि.ले सर्वसाधारणमा प्रतिकित्ता अंकित मुल्य १०० रुपैयाँ दरको ९ लाख ९२ हजार ५८० कित्ता साधारण शेयर निष्सकान गर्ने भएको छ । कम्पनीले जसका लागि ग्लोबल आइएमई क्यापिटललाई निष्कासन तथा बिक्रीप्रबन्धकमा नियुक्त गरेको हो ।

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच शेयर निष्कासन सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मंसीर १९ गतेका दिन ग्लोबल आइएमई क्यापीटलको केन्द्रीय कार्यालय नक्सालमा आयोजित एक विशेष कार्यक्रममा शिखर पावर डेभलपमेन्ट लि. को तर्फबाट प्रबन्ध निर्देशक हेमराज आचार्य र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

वि.सं.२०७२ सालमा स्थापनाभई वि.सं. २०७९ सालमा पब्लिक कम्पनीको रुपमा परिणत भएको यस शिखर पावर डेभलपमेन्ट लि.को रजिष्टर्ड कार्यालय काठमााण्डौं जिल्लाको टोखा १०, महादेवटारमा रहेको छ । यस शिखर पावर डेभलपमेन्ट लि.को अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी३३ करोड ८ लाख ६० हजार रुपैयाँ रहेको छ । संस्थापक समुहको ७०प्रतिशत शेयर रहेको यस कम्पनीमा १० जना संस्थापक शेयरधनीहरुबाट २३ करोड १६ लाख २ हजार रुपैंया बराबरको शेयरपुँजीचुक्ता भैसकेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमादर्ता भएको यस कम्पनीद्वारा निर्माणाधिनबागलुङ्गजिल्लाको बडिगाड गाउँपालिका स्थित“भिमखोला साना जलविद्युत आयोजना (४.९६ मे.वा.)”आयोजना निर्माणको चरणमा रहेकोर झण्डै ६५ प्रतिशत काम सम्पन्न भईसकेको छ ।

यस कम्पनीबाट सोही आयोजनाको क्यास्केड आयोजना “लोवर भिम खोलाक्यास्केड जलविद्युत आयोजना (६.०५ मे.वा.)”पनि प्रबद्र्धन भईरहेको तथा भविष्यमा अरु पनि थप हाईड्रोपावर, होटेल, कृषि लगायतका क्षेत्रमा पनि लगानी गर्ने तयारी गरेको कम्पनीका प्रबन्ध निर्देशक हेमराज आचार्य बताउँछन् । शिखर पावर डेभलपमेन्ट लि.मामुख्य लगानिकर्ताका रुपमा शिक्षा,निर्माण व्यवसाय, बैकिङ्ग लगायत विभिन्न क्षेत्रमा काम गरेका ख्याती प्राप्त व्यक्तिहरुको लगानी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्