नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनको कति ? « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

नेप्सेमा दुई कम्पनीको आइपीओ सूचीकृत, कुनको कति ?



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिर्जनशिल लघुवित्त वित्तीय संस्था र पिपुल्स पावर लिमिटेडको आइपीओ सूचीकृत भएको छ ।

लघुपित्तको पहिलो कारोबारको न्यूनतम मूल्य ३०२ रुपैयाँ र अधिकतम मूल्य ९०६ रुपैयाँ रहेको छ । कम्पनीको शेयर बुधबार अर्थात मंसिर २८ गतेदेखि कारोबारमा आउनेछ । नेप्सेमा कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर सूचीकृत भएको हो । यसको संकेत कारोबार एसएचएलबि हुनेछ ।

हाइड्रोेपावरको कारोबार न्यूनतम मुल्य १ सय रुपैयाँ देखि अधिकतम ३ सय रुपैयाँसम्म रहेको छ । कम्पनीको शेयर बुधबार अर्थात मंसिर २८ गतेदेखि कारोबारमा आउनेछ । कम्पनीको ३ करोड २० कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीको पिएचसिएल संमेतबाट कारोबार हुनेछ ।


प्रतिक्रिया दिनुहोस्