शेयर बजार झिनो अकंले घट्यो, नबिल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

शेयर बजार झिनो अकंले घट्यो, नबिल बैंकसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको तेस्रो दिन फेरी शेयर बजारमा सामान्य ओरालो लागेको छ । यो साताको दोस्रो दिन दोहोरो अकंले सुधार आएको शेयर बजार फेरी तेस्रो दिनमा भने ओरालो लागेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ । पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच हुदाँ ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार नबिल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ७ करोड १७ लाख ५६ हजार रुपैयाँको कारोबार भएको हो ।

साथै, नेपाल टेलिकमको ६ करोड ३ लाख ७१ हजार रुपैयाँ, समिट लघुवित्तको ४ करोड ६९ लाख ९५ हजार रुपैयाँ, नेपाल बैंकको ३ करोड ५१ लाख ५० हजार र अपर तामाकोशी हाइड्रोपावरको २ करोड ९९ लाख ६५ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्