सिवाईसी नेपाल लघुवित्तका शेयरधनी मालामाल, यी हुन सर्वाधिक कमाउने कम्पनी « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

सिवाईसी नेपाल लघुवित्तका शेयरधनी मालामाल, यी हुन सर्वाधिक कमाउने कम्पनी



काठमाडौं । शेयर बजार सामान्य अंकले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५७ अकंले घटेर १८९९.७० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २४८ कम्पनीको २० लाख ५८ हजार ५१० कित्ता शेयर किनबेच भएको छ । झिनो अंकले शेयर बजार घट्दा ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार सिवाईसी नेपाल लघुवित्तको शेयरमा भने सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर आज प्रतिकित्ता २०५ रुपैयाँ ४० पैसाले बढेर २ हजार २६० रुपैयाँ २० पैसा पुगेको छ।

त्यस्तै, सन्जेल जलविद्युतको ७.७३ प्रतिशत, नबिल ब्यालेचड फण्ड २को ६.२३ प्रतिशत, अपर तामाकोशी हाइड्रोपावरको ५.११ प्रतिशतले बढेको हो ।


प्रतिक्रिया दिनुहोस्