नेप्सेले गर्यो रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

नेप्सेले गर्यो रिलायन्स लाइफ इन्स्योरेन्सको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक इन्स्योरेन्स कम्पनीको शेयर कारोबार फुकुवा भएको छ । बुधबार रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर कारोबार फुकुवा भएको हो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

यस रिलायन्स लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सबीच एक–आपसमा मर्जरमा जाने समझदारी पत्रमा हस्ताक्षर भएसँगै असार २९ गतेदेखि शेयर कारोबार रोक्का थियो ।


प्रतिक्रिया दिनुहोस्