नेप्सेको निर्देशन: सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख लगायतको शेयर १५ दिनभित्र रोक्का राखेर पदीय जिम्मेवारी दिनुपर्ने « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

नेप्सेको निर्देशन: सूचीकृत कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख लगायतको शेयर १५ दिनभित्र रोक्का राखेर पदीय जिम्मेवारी दिनुपर्ने



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूका सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव लगायतको नाममा रहेको शेयर कारोबार रोक्का गर्ने भएको छ । नेप्सेले बुधवार सबै सूचिकृत कम्पनीहरूलाई १५ दिन भित्र शेयर रोक्का राख्न निर्देशन दिएसँगै उनीहरूको शेयर रोक्का हुने भएको हो।

अब कम्पनीहरूले सूचनामा उल्लिखित पदाधिकारीहरूको नाममा भएको शेयर सिडिएस एण्ड क्लियरिङ लिमिटेडमार्फत रोक्का राख्नुपर्नेछ । उक्त शेयर १५ दिनभित्र रोक्का राख्ने तथा रोक्का राख्ने काम सकिएपछि मात्रै जिम्मेवारी दिन कम्पनीहरूलाई नेप्सेले निर्देशन दिएको हो ।

नेप्सेले “ धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८९१क० अनुसार सङ्गठित संस्थाको सञ्चालक,कार्यकारी प्रमुख,लेखा परीक्षक,कम्पनी सचिव वा सङ्गठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रूपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक वर्षसम्म सम्बन्धित सङ्गठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म,कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन ”भन्ने व्यवस्था गर्न सङ्गठित संस्थाहरूलाई निर्देशन दिएको हो।


प्रतिक्रिया दिनुहोस्