निरन्तर खुम्चिदैं शेयर बजार, कारोबार १ अर्ब माथि लम्किदा समेत १३ वटै उपसूचक राताम्य « Arthapath.com
२९ मंसिर २०७९, बिहीबार

निरन्तर खुम्चिदैं शेयर बजार, कारोबार १ अर्ब माथि लम्किदा समेत १३ वटै उपसूचक राताम्य



काठमाडौं । साताको अन्तिम कारोबारको दिन समेत शेयर बजारमा सुधार आउन सकेन । यो साताको सुरुवातमा केही सामान्य सुधार देखिएको शेयर बजारमा त्यस यता निरन्तर ओरालो लागि रहेको छ । बैंकहरुले ब्याजदर नबढाउने, अर्थतन्त्रका सूचक सकारात्मक भइरहेको तथा बैंक तथा वित्तीय संस्थाले समेत लाभांश दिइरहेको भन्दैं सुधार तिर लम्किने आंकलन गरीएको शेयर बजारमा अझैं सुधार आउन सकेको छैन ।

शेयर बजार निरन्तर ओरालो लाग्दा कारोबार रकम समेत ओरालो लागि रहेको छ । पुषमा बैंकहरुले ब्याजदर नबढाउने निर्णय गरे पनि शेयर बजारमा सुधार आउन सकेको छैन । विज्ञहरु नयाँ सरकारले ल्याउने नयाँ निति शेयर बजारमा कतिको ध्यान दिन्छ भन्ने अन्यौलले यस्ता अवस्था सिर्जना भएको बताउछन् ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १४.४८ अकंले घटेर १८८२.६० बिन्दुमा बन्द भएको छ । बिहिबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५४ कम्पनीको ४८ लाख ४ हजार २७९ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १९ करोड २६ लाख १६ हजार १८७ रुपैयाँको कारोबार भएको छ ।

बिहिबार एनसिसि बैंकको प्रोमोटर शेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज २२ करोड ८९ लाख ४२ रुपैयाँको कारोबार भएको छ ।

साथै, शिवम सिमेन्टको ९ करोड ३१ लाख ४९ हजार रुपैयाँ, सिवाइसी नेपाल लघुवित्तको ६ करोड ३९ लाख ९४ हजार रुपैयाँ, नेपाल टेलिकमको ५ करोड ३३ लाख ८५ हजार रुपैयाँ र नबिल बैंकको ४ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

साथै, आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको ०.४१ प्रतिशत, विकास बैंक समूहको ०.७६ प्रतिशत, फाइनान्स समूहको १.४९ प्रतिशत, जीवन बीमा समूहको १.११ प्रतिशत र निर्जीवन बीमा समूहको ०.५२ प्रतिशतले शेयर मूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्