निरन्तर खुम्चिदैं शेयर बजार, सस्तोमा खरिद गर्ने हाबि हुदाँ कारोबार १ अर्ब १५ करोड माथि « Arthapath.com
३ पुष २०७९, आईतवार

निरन्तर खुम्चिदैं शेयर बजार, सस्तोमा खरिद गर्ने हाबि हुदाँ कारोबार १ अर्ब १५ करोड माथि



काठमाडौं । साताको सुरुवात तथा पुष महिनाको पहिलो कारोबारको दिन मै शेयर बजारमा गिरावट आएको छ । गत साताको अन्तिम कारोबारको दिन समेत खुम्चिएर बन्द भएको शेयर बजार यो साताको सुरुवात मै पनि ओरालो लागेको हो ।

बैंक तथा वित्तीय संस्थाहरुले पुषमा ब्याजदर स्थिर राख्ने, अर्थतन्त्रका अधिकांश सुचक सुधार तिर गइरहेको, तरलतामा सहजता आइरहेको तथा बैंक तथा वित्तीय संस्थाले लाभांश घोषणा गरी रहेको हुदाँ शेयर बजार सुधार तिर लम्किने आंकलन गरे पनि शेयर बजारमा अझै सुधार आउन सकेको छैन ।

पछिल्ला दिनहरुमा प्रणालीमा तरलता सहज हुँदै गएको छ । सीडी रेसियो र अन्तर बैंक ब्याजदर पनि घटिरहेका छन् । यी सकारात्मक खबरहरुका बाबजुत पनि बजारले तत्काल शेयर बजारमा सुधार आउन सकेको छैन ।

शेयर बजार घटेको बेला खरिद गर्ने उपयुक्तहुने हुदाँ अधिकांश विज्ञहरुले भने लगानीकर्तालाई योजनाबद्ध रुपमा सबल वित्तीय सूचक भएका तथा लाभांश क्षमता पनि राम्रो रहेका कम्पनीहरुमा लगानी गर्दै जान सुझाव दिने गरेका छन् । सेयर बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञानको पनि मुख्य भूमिका हुने गर्छ, त्यही भएर घटेको बजार पुनः बढ्छ भनेर सकारात्मक मनोभावना विकास गर्न जरुरी हुने जानकारहरु बताउँछन् ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.५४ अकंले बढेर १८५५.०६ बिन्दुमा बन्द भएको छ । आइतबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५० कम्पनीको ३७ लाख ७८ हजार ९५१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १५ करोड ७१ लाख ५५ हजार ९९ रुपैयाँको कारोबार भएको हो ।

शेयर बजारमा गिरावट आउँदा आज १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.५२ प्रतिशत, विकास बैंक समूहको २.०६ प्रतिशत, फाइनान्स समूहको २.८८ प्रतिशत, हाइड्रोपावर समूहको २.०४ प्रतिशत, जीवन बीमा समूहको ०.४५ प्रतिशत र निर्जीवन बीमा समूहको ०.९० प्रतिशतले शेयर मूल्य घटेको हो ।

आज कृषि विकास बैंकको शेयर सर्वाधिक खरिद कारोबार भएको छ । कम्पनीको शेयर आज ६ करोड २५ लाख ११ हजार रुपैयाँको कारोबार भएको हो ।


प्रतिक्रिया दिनुहोस्