शेयर बजारमा झिनो सुधार, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार « Arthapath.com
४ पुष २०७९, सोमबार

शेयर बजारमा झिनो सुधार, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं । साताको दोस्रो दिन आएर शेयर बजारमा झिनो सुधार देखिएको छ । केही दिन यता निरन्तर ओरालो लागेको शेयर बजार आज आएर भने केही सामान्य सुधार देखिएको हो ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८३ अकंले बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ । सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच हुदाँ ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।

आज प्राइम कमर्सियल बैंकको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको शेयर ६ करोड ९३ लाख ४३ हजार रुपैयाँको कारोबार भएको छ ।

साथै, फरवार्ड लघुवित्त वित्तीय संस्थाको ५ करोड ४९ लाख ४२ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ४ करोड २७ लाख ९० हजार रुपैयाँ, नेपाल टेलिकमको ३ करोड ७६ लाख ६४ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्