धौलागिरी लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए « Arthapath.com
४ पुष २०७९, सोमबार

धौलागिरी लघुवित्तको शेयरमा सर्किट, यी लगानीकर्ताले सर्वाधिक कमाए



काठमाडौं । सोमबार शेयर बजारमा सामान्य सुधार आएको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.८३ अकंले बढेर १८५८.८९ बिन्दुमा बन्द भएको छ ।

सोमबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २५१ कम्पनीको २६ लाख ९९ हजार ३३१ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा झिनों सुधार आउँदा ८८ करोड ६० लाख ९८ हजार ५६८ रुपैयाँको कारोबार भएको छ ।

आज धौलागिरी लघुवित्तको शेयरमा सर्किट लागेको छ । कम्पनीको शेयर आज प्रतिकित्ता ४९ रुपैयाँ ६० पैसाले बढेर ५४५ रुपैयाँ ७० पैसा पुगेको छ ।

साथै, खप्तड लघुवित्तको ६.०८ प्रतिशत, सिवाइसी नेपाल लघुवित्तको ५.९८ प्रतिशत, नबिल ब्यालेचड् फण्ड २ को ५.९० प्रतिशत र रिलायन्स फाइनान्सको ४.०३ प्रतिशतले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्