नेप्सेले गर्यो आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा « Arthapath.com
४ पुष २०७९, सोमबार

नेप्सेले गर्यो आँधिखोला लघुवित्तको शेयर कारोबार फुकुवा



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एक कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । सोमबार आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर कारोबार फुकुवा गरेको हो ।

नेप्सेले ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ को दफा १३ ९१० बमोजिम आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्ने व्यवस्था अनुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।

लघुवित्तले सीवइसी नेपाल लघुवित्तसँग मर्जर प्रक्रियाका रहेको कारण गत असार २२ गतेदेखि आँधिखोलाको सेयर कारोबार रोक्का रहेको थियो । आँधिखोलाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्